दार्चुला । अपिहिमाल गाउँपालिकास्थित सौगन्ना सामुदायिक स्वास्थ्य इकाईमा मंगलबार (आज) परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सञ्चालन हुदैछ । जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको आयोजना तथा मेरी स्टोप नेपालको सहयोग र स्थानीय तहहरुको समन्वयमा दार्चुलाका आठ वटा स्थानीय तहहरुमा परिवार नियोजन शिविर सञ्चालन भइरहेको हो । मंगलबार (आज) देखि मंसिर २३ गतेसम्म परिवार नियोजनको स्थायी बन्ध्याकरण (मिनिल्याप र भ्यासेक्टोमी) शिविर सञ्चालन भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिनुभयो ।
लेकम गाउँपालिकाबाहेक जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिकाका विभिन्न स्वास्थ्य केन्द्रहरुमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सञ्चालन गर्ने गरी स्वास्थ्य कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ । सौगन्ना सामुदायिक स्वास्थ्य इकाई अपिहिमाल गाउँपालिका १४ गते, लटिनाथ स्वास्थ्य चौकी मार्मा गाउँपालिकामा १५ गते, नौगाडको होपरीगाडमा १७ गते र शैल्यशिखरस्थित गोकुलेश्वर अस्पतालमा १८ गते शिविर सञ्चालन हुदैछन् । पस्ती स्वास्थ्य चौकीमा मंसिर १९ गते, हुती स्वास्थ्य चौकी व्यासमा २१ गते, हिकिला स्वास्थ्य चौकी दुहुँ गाउँपालिकामा २२ गते र जिल्ला अस्पताल दार्चुला खलंगामा २३ गते शिविर सञ्चालन हुने बताइएको छ ।
स्थायी बन्ध्याकरणमा पुरुषहरुका लागि भ्यासेम्टोमी र महिलाहरुका लागि मिनिल्याप सेवा सञ्चालन हुने भएकोले महिलाहरुले बन्ध्याकरण गर्न आउँदा खाली पेट र एक जना सहयोगी साथमा ल्याएर आउन अनुरोध गरिएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया