दार्चुला । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा भएको निर्वाचनबाट केपी शर्मा ओली पुनः अध्यक्ष निर्वाचित हुनुभएको छ । आज बिहान भएको मतदानको मत परिणाम अनुसार ओलीले उहाँका प्रतिद्वन्द्वी भीम रावललाई हराउँदै निर्वाचित बन्नुभएको हो ।
केन्द्रीय निर्वाचन आयोगका एक सदस्यले दिएको जानकारी खनुसार, भारी मतान्तरले केपी शर्मा ओली विजयी हुनुभएको छ । आयोगले औपचारिक मत परिणाम भने अझै घोषणा गर्न बाँकी रहेको छ । दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको थियो । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आएको हो । ६९ वटा भोटिङ मेसिनमा महाधिवेशन प्रतिनिधि मत रेकर्ड भएको थियो ।
सबै नतिजा एकैछिनपछि सार्वजनिक गरिने आयोगले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया