कांग्रेश दार्चुलाका तीन जनाले महाधिवेशनस्थलमा पुगेर एमाले प्रवेश गरे

दार्चुला । नेपाली कांग्रेश दार्चुलामा आवद्ध तीन जना कार्यकर्ताले नेकपा एमाले प्रवेश गरेका छन् । कांग्रेशका जिल्लास्तरीय नेता मदनसिंह धामीको नेतृत्वमा तीन जनाले नेकपा एमालेमा प्रवेश गरेको एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लालबहादुर बिश्वकर्माले जानकारी दिनुभयो । पार्टी प्रवेश गर्नेमा मदन सिह धामी, नरेश सिह धामी र राजेन्द्र सिंह धामी रहेका छन् ।

नेकपा एमालेको दशौं महाधिवेशनस्थल चितवनको शौरहामा गएर कांग्रेश परित्याग गर्दै तीनै जनाले एमाले प्रवेश गरेका हुन । उहाँहरुलाई एमालेको दशौं महाधिवेशनबाट सर्वाधिक मतका साथ अध्यक्षमा निर्वाचित हुनुभएका केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभयो । नवप्रवेसीहरुले केपी ओली र एमालेको नेतृत्वमा मात्रै मुलुकको समृद्धि हुने र राष्ट्यिता जोगिने ठहर गर्दै आफूहरु कांग्रेससँगको आवद्धता त्यागेर एमालेमा आएको बताएका छन् । 

पार्टी प्रवेस कार्यक्रममा एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, दार्चुलाबाट निर्वाचित सासंद तथा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य गणेशसिंह ठगुन्ना, प्रदेश कमिटी सदस्यहरु हरदेब जोशी, लालबहादुर बिश्वकर्मा, मोहनसिह धामी लगायत एमाले नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?