नेकपा एमाले नेता गणेश ठगुन्ना केन्द्रीय सदस्यमा निर्वाचित, सुदूरपश्चिमबाट लेखराज बने सचिव

दार्चुला । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सहइन्चार्ज एबं दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य, पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले १० औँ राष्ट्रिय महाधिवेसनमा १,७३५ मत प्राप्त गर्दै केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएको छ । यसअघि एमाले अध्यक्ष केपी सर्मा ओलीले नेता ठगुन्नालाई सर्बसम्मत खुल्लातर्फ केन्द्रीय सदस्य पदका लागि सिफारिस गरेपनि केही थप नेताले उम्मेदवारी दर्ता गरेपछि निर्वाचन भएको हो । नवौँ महाधिवेसनबाट समेत केन्द्रीय सदस्य पदमा निर्वाचित ठगुन्ना पुनः केन्द्रीय सदस्य बन्न सफल हुनुभएको हो । पदाधिकारीमा केन्द्रीय सचिव पदमा सुदूरपश्चिमबाट लेखराज भट्ट निर्वाचित हुनुभएको छ ।

नेकपा एमालेको दसौं महाधिवेशनबाट केपी शर्मा ओली फेरि केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको छ । मंगलबार दिउँसो आएको मतपरिणाम अनुसार ओलीले अध्यक्षका अर्का उम्मेदवार भीम रावललाई भारी मतले हराउँदै अध्यक्षमा निर्वाचित हुनुभएको हो । नेकपा एमाले अध्यक्ष प्रणालीमा गएपछि लगातार दोस्रो पटक अध्यक्ष चुनिने ओली पहिलो नेता हुन्।

यसअघि ओली नवौं महाधिवेशनमा प्रत्यासी माधवकुमार नेपाललाई हराएर अध्यक्ष निर्वाचित हुनुभएको थियो । पहिलो कार्यकाल पार्टी अध्यक्ष हुँदा ओली दुई पटक प्रधानमन्त्री हुनुभयो । दसौं महाधिवेशनबाट ईश्वर पोखरेल वरिष्ठ अध्यक्ष र शंकर पोखरेल महासचिवमा निर्विरोध निर्वाचित भएका थिए। उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै मत पाउनुभएको छ । सुरेन्द्र पाण्डे, सुवासचन्द्र नेम्वाङ,  विष्णु पौडेलले, युवराज ज्ञवाली र रामबहादुर थापा उपाध्यक्षमा निर्वाचित हुनुभयो । अध्यक्ष केपी शर्मा ओलीको सूचीमा नपरेका घनश्याम भुसाल भने उपाध्यक्षमा पराजित हुनुभयो । पदाधिकारीमध्ये सचिव पदमा गोकर्ण विष्ट सबैभन्दा अगाडि आउनुभएको छ । 

दार्चुलाका गणेश ठगुन्नाले केन्द्रीय सदस्य पदमा १७३५ मत प्राप्त गरेर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । २०४५ सालमा अनेरास्ववियू दार्चुला काठमाण्डौ सम्पर्क मञ्चको अध्यक्ष भई कम्यूनिष्ट राजनीतिमा होमिएका ठगुन्ना २०४७ सालमा एमालेको जिल्ला कमिटी सदस्य हुनुभएको थियो । २०५०, २०५३, २०६३, २०६६ सालमा सम्पन्न जिल्ला अधिवेशनबाट चार कार्यकाल जिल्ला पार्टी प्रमुखको जिम्मेवारी निर्वाह गरेका नेता ठगुन्नाले केन्द्रीय कमिटी सदस्यका साथै नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सहईन्चार्ज तथा पार्टीको सामान्य प्रशासन विभागको प्रमुखको जिम्मेवारी निर्वाह गरिराख्नुभएको छ । २०५४ सालको स्थानीय निर्वाचनमा जिल्ला विकास समिति दार्चुलाको सभापति पदमा निर्वाचित भई लोकप्रियता कमाएका नेता ठगुन्ना विकासप्रेमी नेताको परिचय बनाउदै २०७० सालको संविधान सभा र २०७४ सालको प्रतिनिधिसभामा समेत दार्चुलाबाट प्रतक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनुभएको थियो ।

निवर्तमान प्रधानमन्त्री केपी सर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी निर्वाह गरेका नेता ठगुन्नाले अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली नक्सामा समावेश गर्न समेत भूमिका खेख्नुभएको थियो ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?