दार्चुला । नेकपा माओवादी केन्द्रको अपिहिमाल गाउँपालिका सम्मेलन सम्पन्न भएको छ । मंगलवार अपिहिमाल गाउँपालिकाको खण्डेश्वरीमा सञ्चालन गरिएको सम्मेलन ५५ सदस्यिय गाउँ कमिटी गठन गर्दे सम्पन्न भएको हो ।
गाउँपालिका कमिटी अध्यक्षमा कलकसिह बोहरा, उपाध्यक्षमा धर्मसिहँ धामी, दिलमाया लौथ्याल, प्रेमराज टमटा चयन हुनुभएको गाउँकमिटी अध्यक्ष कलकसिह बोहराले जानकारी दिनुभयो। यस्तै आज सम्पन्न सम्मेलनबाट सचिवमा नरेन्द्र ठेकरे, कोषाध्यक्षमा उद्धव वोहरा र सह सचिवमा राजेन्द्रसिह धामी चयन भएको अध्यक्ष बोहराले बताउनुभयो ।
नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एबं सुदूरपश्चिम प्रदेश सहइन्चार्ज लक्ष्मणदत्त जोशीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा सूदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री एवं नेकपा माओवादी केन्द्रका दार्चुला जिल्ला इन्चार्ज मानबहादुर धामीको विशिष्ट आतिथ्यता रहेको थियो । गाउँपालिका सम्मेलनमा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य एवं मार्मा गाउँपालिका अध्यक्ष जमनसिहँ धामी, मार्मा गाउँकमिटी अध्यक्ष नरबहादुर बिष्ट लगायतको आतिथ्यता रहेको थियो ।
माओबादी केन्द्रको दुहुँ गाउँपालिकामा १६ गते, व्यास गाउँपालिकामा १७ गते, महाकाली नगरपालिका र मालिकार्जुन गाउँपालिकामा १८ गते र लेकम गाउँपालिकामा १९ गते पालिका सम्मेलन आयोजना गरिएको नेता जमनसिंह धामीले बताउनुभयो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया