गोकुलेश्वर विमानस्थलमा फिलिङको काम हुँदै (तस्बिर)

दार्चुला । विगत २८ वर्षदेखि बन्द रहेको दार्चुलाको गोकुलेश्वर विमानस्थल निर्माणको काम भइरहेको छ । के.एस. कन्सट्रक्सन प्रा.ली. धनगढीले विमानस्थल निर्माणको काम थालेको हो । अहिले विमानस्थलमा माटो भर्ने (फिलिङ) को काम भइरहेको छ । एक बर्षमा फिलिङ र ग्याबीनको काम सम्पन्न गर्नेगरी तीन करोड ५८ लाख बजेटमा सम्झौता भएको कम्पनीका साइट इन्चार्ज राजेन्द्र ऐरले बताउनुभयो ।

विमानस्थलमा स्काइभेटर प्रयोग गरेर घाँस उखेल्ने काम गरिएको र अहिले कटिङ गर्ने काम र फिलिङका लागि विमानस्थलमा निर्माण सामाग्री ढुवानी गर्ने काम भइरहेको छ । शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा रहेको विमानस्थल सञ्चालनमा आए दार्चुलाका साथै बैतडी र बझाङ जिल्लाका नागरिकहरुले समेत सेवा पाउने छन् । विमानस्थलले जिल्लाको यातायात सेवामा सहजतासंगै समृद्धिमा महत्तपुर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । अहिले हवाइ यातायातको सुविधा नहुदा प्रदेश राजधानीबाट झण्डै ३५० किलोमिटर सडकमार्गबाट पुगिने दार्चुला सदरमुकामसम्म पुग्न कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ ।

२०४६ सालदेखि सञ्चालनमा आएको गोकुलेश्वर विमानस्थल २०५० साल मंसीर २२ गते देखि पूर्णरूपमा बन्द भएको थियो । २०६० देखि कार्यालय सहयोगीका भरमा छाडिएको विमानस्थल अहिले जीर्ण छ । यो विमानस्थल गाई, भैँसी चरन तथा खेलमैदानका रूपमा प्रयोग हुँदै आएको थियो । निर्माणको काम थालिएसंगै स्थानीय खुसी भएका छन् । गोकुलेश्वर विमानस्थल सञ्चालन गर्न सके दार्चुला, बैतडी र बझाङका नागरिक लाभान्वित हुनेछन् । यातायात सेवा, पर्यटन विकास, जनजीविका, व्यापारव्यवसाय र यस क्षेत्रको विकासका लागि यो विमानस्थल निर्माण गर्नु जरुरी रहेको स्थानीयहरु बताउछन् ।

No description available.

No description available.

तस्बिर: रेडियो लोकदर्पण/प्रकाशसिंह धामी

सम्बन्धित समाचार: गोकुलेश्वर विमानस्थलको काम शुरु भएपछि स्थानीय हर्षित

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?