दार्चुलाका चार स्थानीय तहमा आजदेखि मतदाता नामावली संकलन हुँदै (समयतालिकासहित)

दार्चुला । दार्चुलामा आजदेखि मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन भएको छ । महाकाली नगरपालिकाबाहेक जिल्लाका ८ वटा स्थानीय तहमा पुगेर दुई चरणमा मतदाता नामावली संकलन सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । आज देखि मंसिर २६ गतेसम्म सञ्चालन हुने पहिलो चरणको कार्यक्रममा लेकम गाउँपालिका, व्यास गाउँपालिका, अपिहिमाल गाउँपालिका र शैल्यशिखर नगरपालिकामा मतदाता नामावली संकलन गर्ने कार्यक्रम सुरु भइरहेको छ । गाउँपालिका केन्द्रबाटै मतदाता नामावली संकलन कार्य हुने भएकोले छुट भएका सबैले मौकाको फाइदा उठाउन सबैमा अनुरोध गरिएको लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशीले बताउनुभयो ।

यहि मंसिर २९ देखि पुस ९ गतेसम्म सञ्चालन हुने दोस्रो चरणको कार्यक्रममा मालिकार्जुन, दुहुँ, मार्मा र नौगाड गाउँपालिकामा मतदाता नामावली संकलन गरिनेछ । महाकाली नगरपालिकामा हाल यो कार्यक्रम जिल्ला प्रशासन कार्यालय दार्चुला अन्तरगत इलाका प्रशासन कार्यालयमार्फत नियमित रुपमा सञ्चालन भइरहेको छ । मतदाता नामावलीमा नाम दर्ता गराउँदा नागरिकले नागरिकताको प्रमाणपत्र साथमा लैजानुपर्ने छ । नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको ठेगाना भन्दा अन्य स्थानको मतदाता नामवलीमा नाम दर्ता गराउँदा बसाइँसराइको प्रमाणपत्र, विवाह दर्ताको प्रमाणपत्रसहितको कागज ल्याउनु पर्ने बताइएको छ । यस्तै बाहिरी जिल्लामा स्थायी ठेगाना रहेकाको समेत मतदाता नामवलीको विवरण संकलन गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

आसन्न स्थानीय तह र प्रदेश तथा संघको निर्वाचनलाई मध्यनजर गर्दै यो अभियान सुरु भएको हो । मतदाता नामावली दर्ता र संकलनलाई नियमित र व्यवस्थित गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन र योग्य मतदाताहरू मतदाता नामावलीमा नछुुटून् भनेर कार्यक्रम सञ्चालन गरिएको निर्वाचन आयोगले जनाएको छ । दार्चुलामा २०७७ पुस ५ गते सम्म कुल मतदाता सख्या ८३ हजार १९४ जना पुगेको छ भने २०७४ सालको निर्वाचनमा जिल्लाको कुल मतदाता संख्या ७८ हजानर ५सय १३ रहको थियो ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?