दार्चुला । दार्चुला सदरमुकामस्थित मोहतीबाट हराएको स्कुटी बंगाबगरमा फेला परेको छ । जिल्ला अस्पताल दार्चुलाको नाममा रहेको सु.प.प्र. ०१-००१ ब १५४९ नम्बरको होन्डा कम्पनीको कालो रङ्गको स्कुटी यहि मंसिर १५ गते बेलुकी दार्चुला तिंकर सडकको मोहती स्थित नेपाल बङ्गलादेश बैंकको कार्यालय अगाडी रोड छेउमा चावी लगाई पार्किङ गरि राखेको अवस्थाबाट हराएको थियो ।
उक्त स्कुटी पार्किङ गरेको ठाउँमा नभेटिएपछि स्कुटी हराएको भन्दै खोजी गरिदिन जिल्ला अस्पताल दार्चुलाबाट जिल्ला प्रहरी कार्यालय दार्चुलामा निवेदन को थियो । जिप्रकाबाट प्रहरी टोली खटिएर खोजि गर्दै जादा उक्त स्कुटी मंसिर १६ गते दार्चुला सदरमुकामकै महाकाली नगरपालिका वडा नम्बर ४ बाङ्गाबगड स्थित सडक किनारामा वेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
फेला परेको स्कुटी जिल्ला अस्पताल दार्चुलाका डाक्टर सोमराज अवस्थीलाई जिल्ला प्रहरी कार्यालय दार्चुलामा बोलाएर हस्तान्तरण गरिएको प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो । घटनामा संलग्न व्याक्तिको खोजि भइरहेको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया