बालविवाह न्यूनिकरणका लागि मतदान (यस्तो छ नतिजा)

दार्चुला । दार्चुलामा बालविवाह न्यूनिकरणका लागि मतदान गरिएको छ । उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएको भन्दै जिल्लाको मालिकार्जुन गाउँपालिकाका विभिन्न वडामा मतदान गरिएको हो । वडा नम्बर २, ३, र ८ मा मतदानका साथै सचेतनामुलक कार्यक्रम समेत गरिएको छ । विद्यार्थी, शिक्षक र अभिभावकहरुलाई सानै उमेरमा विवाह गर्नु राम्रो या नराम्रो भन्ने विषयमा मतदान गर्न लगाइएको हो ।

बुधबार मालिकार्जुन गाउँपालिका–२ को राष्ट्रिय मावि ठिङ, विहिबार मालिकार्जुन माबि मड र शुक्रबार शंकरपुर माबि पस्तीमा गुडनेवर्स इन्टरनेसनलको आर्थिक सहयोग तथा मालिकार्जुन गाउँपालिकाको समन्वयमा बालविवाह न्यूनिकरणका लागि मतदान गरिएको ग्रामिण विकास समाज नेपाल दार्चुलाले जनाएको छ । शंकरपुर माबि पस्तीमा ३५० मत खसेकोमा ३१३ जनाले बालविवाह गर्न नहुदा पक्षमा मतदान गरेका छन् । १९ जनाले बालविवाह ठिक भन्दै गर्नुपर्ने पक्षमा मतदान गरेका छन् । १८ मत बदर भएको मतदानस्थलमा पुग्नुभएका पत्रकार रामसिह धामीले जानकारी दिनुभयो । राष्ट्रिय मावि ठिङमा गरिएको मतदानमा २०८ जनाले बालवाविह गर्नु ठिक होइन भन्नेमा र १० जनाले बालविवाह गर्नु ठिक हो भन्नेमा मतदान गरेका छन् । मालिकार्जुन मावि मडमा भएको मतदान कार्यक्रममा २५५ जनाले मतदानमा सहभागिता जनाएकोमा बालविवाह गर्नु बेठिक भन्नेमा २२५ र ठिक हो भन्ने पक्षमा २९ जनाले मतदान गरेको बताइएको छ ।

मतदानको नतिजा अनुसार अधिकासंले बालविवाह गलत हो भन्नेमा मतदान गरेका छन् । मालिकार्जुन गाउँपालिका र महाकाली नगरपालिकामा गुड नेवर्सको सहयोगमा बालविवाह नियन्त्रणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम भइरहेका छन् । मालिकार्जुनसहित जिल्लाका विभिन्न स्थानीय तहमा अझैपनि बालबिबाह हुने गरेको छ । विद्यालयमा बालक्लब सक्रिय गराएर बालबिबाह नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेपनि लक्ष्य अनुसार प्रगति हुन नसकेको बताइएको छ । बालविवाहको अवस्थाबारे सर्भे गर्न तथा बालविवाह न्यूनिकरणका लागि सचेतना फैलाउन मतदान गरिएको उहाँको भनाई छ ।

बालविवाहका कारण स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्नुका साथै पारिवारिक, शैक्षिक, आर्थिक, सामाजिक समस्याहरु बढ्दै गएका छन् । प्रतेक विद्यालयमा बाल क्लब बनाएर बालविवाह नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेपनि लक्ष्य अनुसार प्रगति हुन नसकेको अभियान्ताहरु बताउछन् ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?