माओबादी केन्द्रको मालिकार्जुनमा कल्यान धामीको अध्यक्षतामा ५५ सदस्यिय कमिटी चयन

दार्चुला । मालिकार्जुन गाउँपालिकामा नेकपा माओवादी केन्द्रको प्रथम पालिका सम्मेलन सम्पन्न भएको छ । शनिवार सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीको प्रमुख आतिथ्यता र माओबादी केन्द्रका प्रदेश कमिटी सदस्य जमनसिह धामीको विशिष्ट आतिथ्यतामा सम्मेलन सम्पन्न भएको मालिकार्जुन गाउँपालिका वडा नम्वर ८ का वडाअध्यक्ष एबं माओवादी केन्द्रका नेता पदमराज पन्तले जानकारी दिनुभयो ।

मालिकार्जुनमा सम्पन्न सम्मेलनबाट अध्यक्षमा कल्यानसिहँ धामी, उपाध्यक्षमा पानसिह धामी, सुरेन्द्र धामी, तारा टमटा, सचिवमा विरेन्द्र बहादुर चन्द, सह सचिवमा सुरेश धामी र कोषाध्यक्षमा प्रतापराम लुहार सहित ५५ सदस्यिय पालिका कमिटी चयन गरिएको पन्तले बताउनुभयो । अहिलेसम्म नेकपा माओबादी केन्द्रको आठ स्थानीय तहमा पालिका सम्मेलन सम्पन्न भइसकेको छ । भने लेकम गाउँपालिकामा आइतबार सम्मेलन आयोजना गरिएको छ ।

सायद ९ जना मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?