दार्चुला । दार्चुलाका आठ स्थानीय तहमा नेकपा माओबादी केन्द्रको प्रथम पालिका सम्मेलन सम्पन्न भएको छ । दार्चुला सदरमुकाम खलंगामा सम्पन्न महाकाली नगरपालिकाको नगर सम्मेलनबाट गणेश खत्रीको अध्यक्षतामा ६५ सदस्यिय कमिटी चयन गरिएको छ । महाकाली नगर कमिटीको बरिष्ठ उपाध्यक्षमा हरिश भट्ट, उपाध्यक्षमा दानु निरौला र दानसिहँ बिष्ट चयन भएका छन् । सचिवमा राजेन्द्र बिष्ट, सह सचिवमा निर्मला भाट र कोषाध्यक्षमा दिलिप महरा चयन भएको उपाध्यक्ष हरिश भट्टले जानकारी दिनुभयो । महाकाली नगर कमिटी अध्यक्ष बन्नुभएका खत्री जिल्ला कमिटी अध्यक्ष समेत हुन् । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सहईन्चार्ज लक्ष्मण दत्त जोशीको प्रमुख आतिथ्यतामा आयोजित सम्मेलनमा प्रदेश कमिटी सदस्य दिपक जोशी लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।
यस्तै मालिकार्जुन गाउँपालिकामा नेकपा माओवादी केन्द्रको प्रथम पालिका सम्मेलन सम्पन्न भएको छ । शनिवार सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीको प्रमुख आतिथ्यता र माओबादी केन्द्रका प्रदेश कमिटी सदस्य जमनसिह धामीको विशिष्ट आतिथ्यतामा सम्मेलन सम्पन्न भएको मालिकार्जुन गाउँपालिका वडा नम्वर ८ का वडाअध्यक्ष एबं माओवादी केन्द्रका नेता पदमराज पन्तले जानकारी दिनुभयो । मालिकार्जुनमा सम्पन्न सम्मेलनबाट अध्यक्षमा कल्यानसिह धामी, उपाध्यक्षमा पानसिह धामी, सुरेन्द्र धामी, तारा टमटा, सचिवमा विरेन्द्र बहादुर चन्द, सह सचिवमा सुरेश धामी र कोषाध्यक्षमा प्रतापराम लुहार सहित ५५ सदस्यिय पालिका कमिटी चयन गरिएको पन्तले बताउनुभयो । अहिलेसम्म नेकपा माओबादी केन्द्रको आठ स्थानीय तहमा पालिका सम्मेलन सम्पन्न भइसकेको छ ।
यसअघि मार्मा, अपि, शैल्यशिखर, दुहुँ, व्यास र नौगाडमा नेतृत्व चयन गर्दै प्रथम पालिका सम्मेलन सम्पन्न भइसकेको छ । भने लेकम गाउँपालिकामा आइतबार सम्मेलन आयोजना गरिएको माओबादी केन्द्रका प्रदेश कमिटी सदस्य जमनसिह धामीले जानकारी दिनुभयो ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया