दार्चुला । दार्चुलाका नौँ वटै स्थानीय तहमा नेकपा माओबादी केन्द्रको प्रथम पालिका सम्मेलन सम्पन्न भएको छ । आइतबार लेकम गाउँपालिकाको सम्मेलन रातामाटामा सम्पन्न भएको हो । उमाकान्त बिष्टको अध्यक्षतामा ४९ सदस्यिय कमिटी चयन गरिएको हो । कमिटी उपाध्यक्षमा हरिना जोशी, शान्ति धामी र केशवराम लावड चयन भएका छन् । सचिवमा तारासिंह बोहरा, सहसचिवमा देब नाथ र कोषाध्यक्षमा दिनेश बिक चयन भएको नेकपा माओबोदी केन्द्रले जनाएको छ ।
सम्मेलन समारोहमा माओबादी केन्द्रका सुदूरपश्चिम प्रदेश सह-इन्चार्ज लक्ष्मणदत्त जोशीको प्रमुख आतिथ्यता र जिल्ला इन्चार्ज एबं सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीको विशिष्ट आतिथ्यता रहेको थियो । मार्मा गाउँपालिका अध्यक्ष एबं माओबादी केन्द्रका प्रदेश कमिटी सदस्य जमनसिह धामी, प्रदेश कमिटी सदस्य एबं लेकम गाउँपालिका इन्चार्ज रामदत्त जोशी (आरडी) लगायत नेताहरुको समेत आतिथ्यता रहेको माओबादी केन्द्रका लेकम गाउँकमिटी सचिव तारासिह बोहराले जानकारी दिनुभयो ।
यस्तै शनिबार दार्चुला सदरमुकाम खलंगामा सम्पन्न महाकाली नगरपालिकाको नगर सम्मेलनबाट गणेश खत्रीको अध्यक्षतामा ६५ सदस्यिय नगर कमिटी चयन गरिएको छ । मालिकार्जुन गाउँपालिकामा नेकपा माओवादी केन्द्रको प्रथम पालिका सम्मेलनबाट कल्यानसिहँ धामीको अध्यक्षतामा ५५ सदस्यिय कमिटी चयन गरिएको छ ।
यसअघि मार्मा, अपिहिमाल, शैल्यशिखर, दुहुँ, व्यास र नौगाडमा नेतृत्व चयन गर्दै माओबादी केन्द्रको प्रथम पालिका सम्मेलन सम्पन्न भइसकेको नेता जमनसिह धामीले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया