दार्चुला । दार्चुलाका स्थानीय तहहरुलाई भू–उपयोग नक्सा तथा डाटा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । नापि विभागको आयोजनामा दार्चुला सदरमुकाम खलंगामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा स्थानीय तहहरुलाई भू–उपयोग नक्सा तथा डाटा हस्तान्तरणका लागि जनप्रतिनिधि, कर्मचारी र प्राविधिकलाई बोलाइएको थियो । प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशी र दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीको विशिष्ट आतिथ्यता रहेको थियो । विभिन्न स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत, प्राविधिक र कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा सम्बन्धित स्थानीय तहलाई पालिकाको नक्सा हस्तान्तरण गरिएको कार्यक्रममा सहभागि अपिहिमाल गाउँपालिकाका प्रविधिक सहायक मदनराज जोशीले जानकारी दिनुभयो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया