जीप दुर्घटना अपडेटः बाटो फर्काउन गएका नवविवाहित जोडीसंगै ५ जनाको मृत्यु

दार्चुला । बैतडीमा जिप दुर्घटनामा परी मृत्यु हुनेको सङख्या पाँच पुगेको छ । सोमबार साझ भएको जिप दुर्घटनामा परी गम्भीर घाईते भएकी पाटन नगरपालिका वडा नम्बर १ की ४० बर्षिय जानकी भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । यस्तै दुर्घटनामा परेर पाटन ७ कैलपाल माइत भएकी २० बर्षीया मनिषा विक र सुर्नया ४ घर भएका उनका श्रीमान २४ बर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ बर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

मृतक नवबिवाहित जोडी घरबाट माइती घर फर्कदै गरेको प्रहरीले जनाएको छ । विवाह गरेको केहि दिनपछि बाटो फर्काउन माइती जादै गरेको नवविवाहित जोडीको जिप दुर्घटनामा ज्यान गएसंगै परिवार शोकमा डुबेको छ । घाईते अन्य दुई जनालाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भब नभएपछि थप उपचारका लागी डडेल्धुरा रिफर गरिएको छ । प्रहरीका अनुसार घाइते मानध्वज भट्टारई र ओमप्रकाश भट्टराईलाई डडेल्धुरा रिफर गरिएको हो ।

दुर्घटनामा परेर घाइते ३८ वर्षीय बिष्णु भट्टराई, १० वर्षका दिपक भट्टराई र ४० वर्षीया गोबिन्दी बिकको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । सोमबार साझ पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार थाल खोलामा दुर्घटनामा परेको थियो । जिप चालक फरार रहेको र खोजि भइरहेको प्रहरीले जनाएको छ ।

कच्ची बाटोमा जिप चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप चालक बैतडीको पाटन नगरपालिका ५ अड्तोलाका खेमराज पाण्डे रहेको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?