जीप दुर्घटनाः चालक घाइते अवस्थामा फेला, मृतक पाँचैजनाको शव स्वास्थ्य केन्द्रमा

दार्चुला । सोमबार साँझ बैतडीमा जीप दुर्घटना हुँदा फरार भएका चालक घाइते अवस्थामा फेला परेका छन्। बैतडीको पाटन नगरपालिका ५ अड्तोलाका जीप चालक खेमराज पाण्डे गएराति घाइते अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताउनुभयो । चालकको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा परी सुर्नया गाउँपालिका वडा नं ४ का २ जना र पाटन नगरपालिका वडा नं १ सकारका ३ जना गरी ५ जनाको मृत्यु भएको थियो। दुर्घटनामा परी घाइते भएका ५ जना यात्रु मध्ये २ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने तीन जनाको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।

पाटन नगरपालिका १ सकारका मानध्वज भट्टराई र ओमप्रकाश भट्टराईको डडेल्धुरामा उपचार भइरहेको हो। सकारकै विष्णु भट्टराई, दीपक भट्टराई र गोविन्दी विकको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ। यस्तै मृतक ५ जनाको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?