दार्चुला । घरैबाट शुरु गरौ, महिला हिंसा अन्त्य गरौ भन्ने नाराका साथ मंसिर ९ गतेदेखी २४ गतेसम्म (तदनुसार २५ नोभेम्बर २०२१ देखी १० डिसेम्बर २०२१ सम्म) मनाइरहेको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत दार्चुला प्रहरीले विभिन्न विद्यालय, समाज र बसपार्कमा सचेतनामुलक अन्तरक्रिया कार्याक्रमको आयोजना गरेको छ ।
मंगलबार (आज) जिल्ला प्रहरी कार्यालय दार्चुलाको आयोजनामा प्रहरी निरीक्षक माधव बिश्वकर्माको नेतृत्वमा खटिएको प्रहरी टोलीले महाकाली नगरपालिकाको विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रम गरेको हो । महाकाली नगरपालिका वडा नम्बर ५ बषपार्कमा छोटो तथा लामो दुरीमा चल्ने सवारी साधनका धनी तथा चालकहरुलाई सवारी साधनमा महिला, बालबालिका, जेष्ठ नागरिक, शारीरिकक रुपमा कमजोर क्षमता भएका व्यक्तीहरुमाथि घट्न सक्ने हिंसा र सवारी दुर्घटना रोकथाम तथा न्युनिकरणका विषयमा अन्तरक्रिया गरिएको छ । यस्तै महाकाली नगरपालिका वडा नम्बर ९ उडैमा वडाध्यक्ष हर सिंह डांगाको प्रमुख आतिथ्यमा स्थानीय महिलाहरुको सहभागितामा लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रण र कानुनी व्यवस्था र प्रहरीको आकस्मिक नम्बर १०० को प्रयोग सम्बन्धी सचेतनामुलक अन्तरकृया कार्यक्रमको आयोजना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाको आयोजना तथा समुदाय प्रहरी साझेदारी बिद्यालय सम्पर्क समितिसंगको समन्वयमा प्रहरी निरीक्षक माधव बिश्वकर्माको नेतृत्वमा खटिएको टोलीले महाकाली नगरपालिका वडा नम्बर ९ दत्तु स्थित राष्ट्रिय मा.बि. दत्तुमा शिक्षक, पत्रकार र कक्षा ६ देखी १२ सम्म अध्ययनरत बिद्यार्थीहरुको उपस्थितिमा लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रण र कानुनी व्यवस्था, बालबिबाह र बहुबिबाह सम्बन्धी अन्तरकृया कार्यक्रम आयोजना गरेको छ ।

यसअघि सोमबार जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाको संयुक्त आयोजनामा दार्चुला सदरमुकामदेखी दल्लेख सडकखण्ड र हिकिला सडकखण्डमा चल्ने सवारी साधनका धनि तथा चालकहरुलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर सवारी साधनमा महिला, बालबालिका, जेष्ठ नागरिक, शारीरिक रुपमा कमजोर क्षमता भएका व्यक्तिहरुमाथि घट्न सक्ने हिंसा, सवारी दुर्घटना रोकथाम तथा न्युनिकरणका विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । हिसां र दुर्घटना नियन्त्रणका विषयमा केन्द्रीत रहेर सवारीधनी र चालकहरुसंग अन्तरक्रिया गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

अभियान अन्तरगत दार्चुलाको विभिन्न विद्यालय र समुदायकमा सचेतनामुलक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । आम नागरिक र विद्यार्थीहरुलाई सचेत पार्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया