दार्चुला । ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाद्धारा मार्मा गाउँपालिका वडा नम्बर ३ मा बजानी ओखलासैनी बहुउपयोगी योजनाको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । मार्मा गाउँपालिकासंगको समन्वयमा सञ्चालित उक्त आयोजनाको उद्घाटन कार्यक्रममा मार्मा गाउँपालिका अध्यक्ष जमन सिह धामीको प्रमुख आतिथ्यता रहेको थियो । ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाक टिम लिडर मेरेट ह्यन्टीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरुको उपस्थिति रहेको थियो ।
यस कार्यक्रम अन्तर्गत मार्मा गाउँपालिका वडा नम्बर ३ मा ७६ परिवारलाई लक्षित गरेर १४ वटा पानी घटट, ४६ वटा सुधारिएको चुलो, ३ वटा सिचाइ पोखरी, पोलिहाउस सरसफाई सामग्री वितरण गरिन लागिएको ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाका सल्लाहकार लबराज पन्तले जानकारी दिनुभयो ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया