दार्चुला । दार्चुला घर भएका नेपाली कांग्रेसका युवा नेता गणेशराज भट्टले आसन्न १४ औं महाधिवेसनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । विद्यार्थी जीवनदेखि नै दार्चुला जिल्लाबाट सक्रिय राजनीति थालेका भट्ट २०५३ सालमा सानो ठिमी क्याम्पसको नेविसंघ इकाइ अध्यक्ष हुनुभएको थियो । २०५५ सालमा उहाँ सोही क्याम्पसमा स्ववियु सभापतिका प्रत्यासी रहनुभयो । नेविसंघ केन्द्रीय कार्य समितिको दुई पटक सदस्य रही उहाँले उपाध्यक्ष हुँदै नेवि संघ कार्यवाहक अध्यक्षको जिम्मेवारी पनि निर्वाह गर्नुभएको थियो ।
विद्यार्थी नेताको रुपमा पहिचान बनाएका भट्टले विद्यार्थी आन्दोलनमा अढाइ दशक लामो योगदान गर्नुभयो । प्रतिगमन विरोधी आन्दोलनको क्रममा २०६२/६३ मा उहाँ पक्राउ पर्नुभएको थियो । नेपाली कांग्रेशको बौद्धिक युवा नेताको रुपमा परिचित भट्ट दार्चुलाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।
केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेसंगै सामाजिक सञ्जाल र औपचारीक, अनौपचारीप रुपमा शुभचिन्तकहरुले उहाँको प्रचारप्रसार गरिरहेका छन् । दार्चुलाबाट कांग्रेशको वर्तमान केन्द्रीय कार्यसमिति सदस्यमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री एबं प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडू हुनुहुन्छ । बडू पौडेल पक्ष निकट मानिनुहुन्छ भने भट्ट देउवा निकट मानिनुहुन्छ । तर आफुले सबैबाट सहयोगको अपेक्षा गरेको र साझा उम्मेदवारको रुपमा काम गर्ने भट्टको भनाई छ । केन्द्रीय सदस्यमा बिजयी भए गुट भन्दा माथि उठेर आफुले पार्टीमा योगदान गर्ने भट्टको भनाई छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया