बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको श्रमशोषण नगर्न पूर्वमन्त्री ठगुन्नाको अनुरोध

दार्चुला । पूर्वमन्त्री एबं नेकपा एमाले दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले बजेट नभएको बाहानामा सामुदायिक विद्यालयमा कार्यरत बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको श्रमशोषण नगर्न स्थानीय तहहरुलाई अनुरोध गर्नुभएको छ । चालु आर्थिक बर्ष २०७८/७९ को बजेट वक्तव्यमा बालविकास सहजकर्ता, विद्यालय कर्मचारी लगायतको न्यूनतम पारिश्रमिक निर्धारण गरिएकोमा हाल सम्म पनि अधिकांस स्थानीय तहहरुले लागू नगरेको गुनासो बढेको सन्दर्भमा पूर्वमन्त्री ठगुन्नाले न्यूनतम पारिश्रमिक उपलब्ध गराउन अनुरोध गर्नुभएको हो ।

पूर्वमन्त्री ठगुन्नाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, स्थानीय तहको बजेट अधिकांश स्थानीय तहको आफ्नै आम्दानी भन्दा पनि संघीय सरकारबाट जाने अनुदान नै भएकाले कुनै पनि बहानामा आनाकानी गर्ने कुरा कानुन विपरित मात्र नभई न्यून वैतनिक कर्मचारी शिक्षकहरुको श्रमशोषण पनि हो । यसर्थ म लागू गरेको स्थानीय तहहरुलाई धन्यवाद दिन चाहन्छु र बाँकी पालिकाहरुलाई अविलम्ब लागू गर्न अनुरोध गर्दछु ।

No description available.

अहिलेसम्म बालविकास शिक्षक र विद्यालय कर्मचारी ६ हजार पारिश्रमिकमा दिनभरी काम गरिरहेका थिए । बालविकास सहजकर्ता भनिएपनि उनिहरुले शिक्षक जनशक्ति अभावमा आधारभुत तहका कक्षाहरुमा पढाउदै आएका छन् ।

दार्चुलाका नौँ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहले सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक (सहजकर्ता) र विद्यालय कर्मचारीहरुलाई सरकारले घोषणा गरे अनुसार मासिक १५ हजार पारिश्रमिक दिने भएका छन् । हालसम्म नौगाड गाउँपालिका, लेकम गाउँपालिका र मार्मा गाउँपालिका बालबिकास शिक्षक र विद्यालय कर्मचारीहरुलाई १५ हजार न्यूनतम पारिश्रमिक दिन तयार भएका हुन् ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमा पूर्वप्रधानमन्त्री एबं एमाले अध्यक्ष केपी सर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री बिष्णु पौडेलले बालबिकास शिक्षक र विद्यालय कर्मचारीहरुको पारिश्रमिक वृद्धि गरेर ६ हजारबाट १५ हजार पुर्याउने घोषणा गरेको थियो । संघीय सरकारबाट ८ हजार मात्रै उपलब्ध भएको र बाँकी ७ हजार स्थानीय सरकारले व्यहोर्नुपर्ने अवस्था आएकोले समस्या भएको स्थानीय तहहरुले बताएका छन् ।

दार्चुलाको महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, दुहुँ गाउँपालिका, व्यास गाउँपालिका र अपिहिमाल गाउँपालिकाले अहिलेसम्म बालबिकास शिक्षक र विद्यालय कर्मचारीको बृद्धि भएको पारिश्रमिक भुक्तानी गर्ने सुनिश्चितता गरिसकेका छैनन् । न्यून पारिश्रमिकमा लामो समयदेखि काम गर्दै आएका बालबिकास शिक्षक र विद्यालय कर्मचारीको तलब बृद्धि भएअनुसार भुक्तानी हुनुपर्ने माग बढ्दो छ ।

सम्बन्धित समाचारः दार्चुलाका नौगाड, लेकम र मार्माले बालबिकास शिक्षक र विद्यालय कर्मचारीलाई १५ हजार दिने

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?