गैसस महासंघ दार्चुलाको चौथो अधिवेशन सम्पन्न, विष्णु भट्टको अध्यक्षमा कार्यसमिति चयन

दार्चुला । गैरसरकारी संस्था महासंघ नेपाल दार्चुलाको चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेसनबाट विष्णुदत्त भट्ट अध्यक्ष रहेने गरी ११ सदस्यीय कार्यसमिति चयन गरिएको महासंघका सचिव हिरासिह धामीले जानकारी दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष भट्ट गैसस महासंघ दार्चुलाको पुर्वअध्यक्ष समेत हुनुहुन्थ्यो । बुधबार (आज) दार्चुला सदरमुकाम खलंगामा सम्पन्न अधिवेशनले भट्टलाई पुनः अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा विस्ना धामी, सचिवमा हिरासिह धामी, सहसचिवमा शुक्लावती बुढाथोकी र कोषाध्यक्षमा ताराकेशरी कुवर चयन भहुनुभएको छ । कार्यसमिति सदस्यमा नारायण जोशी, विशन बुढाथोकी, लक्ष्मणसिह धामी, निर्मला महरा, नन्दा बम र नरहरि ठेकरे चयन भएका छन् ।

अधिवेसनमा नीति तथा कार्यक्रम र आगामी योजनाहरुबारे छलफल भएको छ । अधिवेसनमा गैर सरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेश कार्यसमिति उपाध्यक्ष जगदिश अवस्थीको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?