दार्चुलामा मदिरा सेवन गरी सवारीसाधन चलाउने चालक नियन्त्रणमा, मुद्धा दर्ता गरियो

दार्चुला । दार्चुलामा मादक पदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने एक जना चालकलाई पक्राउ गरिएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ३ लुईटाबाट दशरथचन्द नगरपालिका वडा नम्बर १ गुरुखोला तर्फ जन्ती लिएर जादै गएको से १ज ३०९ नम्बरको सार्वजनिक (कालो नम्बर प्लेट) जिप चालकलाई शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वर बजारमा प्रहरी टोलीले चेकजाँच गर्दा मादक पदार्थ (रक्सी) सेवन गरी चलाईरहेको अवस्थामा भेटेपछि नियन्त्रणमा लिइएको हो ।

मापसे गरेर सवारीसाधन चलाउने चालक रामबहादुर भाट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । चालक भाटलाई गोकुलेश्वरबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा लगेर मुद्दा दर्ता गरी कारवाही प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ । पछिल्लो समय मदिरा सेवन गरेर सवारी साधन चलाउदा दुर्घटना तथा दुर्घटनाको जोखिम बढेको छ ।

विहिबार बेलुकी (आज) मात्रै दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ बसेडी मोडमा जीप दुर्घटना हुदा चालक घाइते भएका छन् । म १ ज २३९ नम्बरको जीप सडकबाट १५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

दार्चुला सदरमुकामबाट मालिकार्जुनतर्फ जादै गरेको उक्त जीपमा धौलसिह साउद चालक रहेको र चालक घाइते अवस्थामा भेटिएपछि उद्धार गरेर उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?