दार्चुला । नेकपा एमाले नेता एबं दार्चुलाबाट निर्वाचित सासंद गणेशसिंह ठगुन्ना नेकपा एमालेको पोलिटब्युरो सदस्य चयन हुनुभएको छ । एमालेको नबौँ र दशौँ महाधिवेसनबाट केन्द्रीय सदस्यमा निर्वाचित गणेश ठगुन्ना पोलिटब्युरो सदस्य चयन हुनुभएको हो । नेकपा एमालेको भक्तपुरमा आयोजना भएको आइतबार (आज) को केन्द्रीय कमिटी बैठकले ठगुन्नालाई पोलिटब्युरो सदस्य चयन गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता ठगुन्नासहित ८० जना नेतालाई पोलिटब्युरो सदस्य प्रस्ताव गर्नुभएको थियो । एमालेको विधानमा ९९ सदस्यीय पोलिटव्यूरो रहने व्यवस्था छ । अध्यक्ष ओली सहित १९ जना पदाधिकारी स्वतः पोलिटब्युरोमा रहने भएकाले ८० जना थप प्रस्ताव गरिएको हो ।
बैतडीबाट निर्वाचित सासंद दामोदर भण्डारी नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष चयन हुनुभएको छ । भने प्रदेश इन्चार्जमा एमाले केन्द्रीय सचिव लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया