दार्चुलाबाट बडू र भट्ट केन्द्रीय सदस्यका उम्मेदवार {सभापतिदेखि सदस्यसम्मको सूचि हेर्नुहोस}

दार्चुला । नेपाली कांग्रेसको १४ औं महाधिवशेनबाट सभापति चुनिन पाँच जनाबीच प्रतिष्पर्धा हुने भएको छ। कांग्रेसको निर्वाचन समितिले आइतबार अपरान्ह सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीमा पाँच जनाले सभापतिमा दाबी गरेका छन्। कल्याणकुमार गुरूङ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डाक्टर शेखरप्रसाद कोइराला र शेरबहादुर देउवाले सभापतिमा दाबी गरेका हुन्।

२ जना उपसभापतिमा सात जनाको उम्मेदवारी परेको छ। डाक्टर चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरूङ, पूर्णबहादुर खड्का, महेश आचार्य, विजयकुमार गच्छदार र सुजाता कोइरालाले कांग्रेस उपसभापतिमा दाबी गरेका छन्। यस्तै २ जना निर्वाचित महामन्त्रीका लागि ६ जनाको उम्मेदवारी परेको छ। गगन थापा, डाक्टर प्रकाशशरण महत, प्रदीप पौडेल, डाक्टर मिनेन्द्र रिजाल, डाक्टर राजाराम कार्की र विश्वप्रकाश शर्मा महामन्त्रीका लागि प्रतिष्पर्धामा उत्रिएका छन्।

नयाँ नेतृत्व छान्नका लागि सोमबार बिहान ८ बजेदेखि मतदान हुनेछ। कांग्रेसका ४७ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिले मत खसालीसकेपछि मत गणना सुरू हुनेछ। दार्चुलाबाट केन्द्रीय सदस्य खुलातर्फ मन्त्री दिलेन्द्रप्रसाद बडू र सुदूरपश्चिम भुगोलबाट गणेश राज भट्ट उम्मेदवार बनेका छन् ।

सुरूमा सभापतिको मतगणना हुनेछ। सभापतिमा दुईभन्दा बढी उम्मदेवार हुँदा कुनै उम्मेदवारले ५१ प्रतिशत मत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई उम्मदवारबीच फेरि चुनाव हुने कांग्रेस विधानको व्यवस्था छ। सभापतिको टुंगो लागेपछि अरू पदका लागि मतगणना सुरू हुनेछ।

मतगणना सकिन कम्तीमा १० दिन लाग्न सक्ने कांग्रेस निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?