दार्चुला । नेकपा एमालेले पदाधिकारीहरुको कार्यविभाजन गरेको छ । आइतबार भक्तपुरस्थित गट्ठाघरमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको कार्यविभाजन गरेको हो । केन्द्रीय कमिटीमा मनोनयन, पोलिटव्युरो र स्थायी कमिटी चयन गरेको आजको बैठकले नेताहरुको कार्य विभाजन गरेको हो ।
जसअनुसार अध्यक्ष केपी शर्मा ओलीलाई समग्र पार्टीको कार्यविभाजन तोकिएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी दिइएको छ ।
यस्तो छ पदाधिकारीको कार्यविभाजन
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलः नीति अनुसन्धान प्रतिष्ठान
उपाध्यक्ष युवराज ज्ञवालीः स्थानीय तह प्रदेश र संघ
उपाध्यक्ष अष्टलक्ष्मी शाक्यः राजनीतिक समन्वय
उपाध्यक्ष रामबहादुर थापा बादलः राष्ट्रिय सुरक्षा
उपाध्यक्ष विष्णु पौडेलः पार्टी संगठन अनुगमन
उपाध्यक्ष सुवास नेम्वाङः संसदीय अनुगमन
उपाध्यक्ष सुरेन्द्र पाण्डेः राजकीय मामिला
महासचिव शंकर पोखरेलः समग्र पार्टी
प्रदीप ज्ञवालीः स्कुल विभाग
पृथ्वीसुब्बा गुरुङः प्रचार विभाग
विष्णु रिमालः आर्थिक लेखा लगायत
योगेश भट्टराईः स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख
भीष्म अधिकारीः कार्यालय सचिव
खगराज अधिकारीः संगठन विभाग
लेखराज भट्टः सुदूरपश्चिम इन्चार्ज
कर्णबहादुर थापाः स्थायी कमिटी सदस्य
गणेशसिंह ठगुन्नाः पोलिटब्युरो सदस्य र सुदूरपश्चिम सहइन्चार्ज
दामोदर भण्डारीः सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष
अरु दर्जनौँ नेताहरुले विभिन्न जिम्मेवारी प्राप्त गरेका छन् ।
सम्बन्धित समाचारः एमाले सुदूरपश्चिम इन्चार्ज भट्ट, अध्यक्ष भण्डारी, थापा स्थायी कमिटी र ठगुन्नासहित ५ जना पोलिटब्युरोमा (स्थायी कमिटी र पोलिटब्युरोको सूचीसहित)
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया