कांग्रेस महाधिवेशन ३५ सय मत खस्यो, ९ बजेसम्म समय

दार्चुला । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि आज सोमवार भइरहेको मतदानमा तीन हजार पाँच सय आठ मत खसेको छ । आज दिउँसो १२ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म तीन हजार पाँच सय आठ मत खसेको हो । महाधिवेशनमा एक सय ३२ पदका लागि चार सय ८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक ठाउँ र भृकुटीमण्डपमा दुई ठाउँमा व्यवस्था गरेको छ । कांग्रेसका नेता कुलबहादुर गुरुङले पहिलो मत खसाल्नुभएको थियो । एक जना प्रतिनिधिलाई मतदान गर्न झन्डै आधा घण्टा समय लाग्ने जनाइएको छ । कांग्रेस विधानअनुसार एक सय ६७ सदस्यीय कार्यसमितिमध्ये एक सय ३४ पदमा चुनाव हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । १४ औँ महाधिवेशनमा प्रतिनिधिको सङ्ख्या चार हजार सात सय ४३ रहेको छ ।

आज बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान समय तोकिएकोमा बिहान मतदान सुरु हुन ढिला भएपछि बेलुका ९ बजेसम्मका लागि समय थपिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

यस्तै मतदान चलिरहँदा पनि मतपत्र सकिएर केहीबेर मतदान रोकिएको थियो । उम्मेदवार धेरै हुँदा मतदानका लागि एक जनाले आधा घण्टाभन्दा धेरै समय लगाउने गरेका छन् ।

यसैबिच सर्वोच्च अदालतले शिक्षकहरूलाई राजनीतिक दलको महाधिवेशन प्रतिनिधि, केन्द्रीय कार्यसमितिको मतदाता र उम्मेदवार बन्ने कार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसीको इजलासले हिजो आइतवार यो आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, ‘अहिले नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि पद ग्रहण गरेका प्रत्यर्थी विपक्षीलाई सोभन्दा माथिल्लो तहको अधिवेशन र केन्द्रीय महाधिवेशन प्रतिनिधि र केन्द्रीय कार्यसमितिमा मतदाता हुन र उम्मेदवार बन्ने बनाउने कार्य नगर्नु नगराउनु भनि सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।’

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?