व्यास गाउँपालिकामा नेकपा एमालेको संगठन कार्यालय स्थापना

दार्चुला । दार्चुलाको व्यास गाउँपालिकामा नेकपा एमालेको पाटी संगठन कार्यालय स्थापना गरिएको छ । एमालेको व्यास गाउँपालिका कमिटी अध्यक्ष मंगलसिंह धामीको अध्यक्षता र नेकपा एमाले प्रदेश कमिटी सदस्य एबं व्यास गाउँपालिका इन्चार्ज नगेन्द्र तिंकरीको प्रमुख आतिथ्यतामा एक औपचारीक कार्यक्रमको आयोजना गरि कार्यालय उद्घाटन गरिएको नेकपा एमाले जिल्ला कमिटी सदस्य खेमराज जोशीले जानकारी दिनुभयो । उक्त कार्यक्रममा एमाले जिल्ला कमिटी सचिव ज्ञानेन्द्र घर्ती, जिल्ला कमिटी सचिवालय सदस्य चन्द्रा कुवँर, शेरसिह धामी लगायतको आतिथ्यता रहेको जोशीले बताउनुभयो ।

व्यासका सबै वडा र पालिकामा प्रथम अधिवेसनबाट कमिटी गठन गरिसकेको एमालेले पालिका स्तरीय कार्यालय उद्घाटन गरेको हो । कार्यक्रममा पार्टीलाई अगामी दिनमा कसरी अझै सशक्त बनाएर लैजाने भन्ने विषयमा गहन छलफल भएको नेताहरुले बताएका छन् । सबै वडाका वडा कमिटी अध्यक्षहरुले पार्टी गतिविधिबारे रिर्पोटिङ गरेका थिए । बैठकबाट सबै जनबर्गिय संगठन विस्तार गर्ने र पालिका कमिटी बैठक बसेर अन्य आवश्यक निर्णयहरु गर्ने निर्णय गरिएको जिल्ला कमिटी सदस्य जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?