कांग्रेस सभापतिको लागि दोस्रो चरणको मतदान सम्पन्न,

दार्चुला । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि मंगलबार भएको दोस्रो चरणको मतदान सकिएको छ ।

दिउँसो साढे ३ बजेदेखि शुरु भएको भएको मतदान साढे ९ बजे सकिएको हो । निर्वाचन समितिका अनुसार सभापति पदको दोस्रो चरणको मतदानमा कुल चार हजार ७४३ मतदातामध्ये चार हजार ५६२ ले मतदान गरेका निर्वाचन समिति सदस्य एगराज पोखरेलले जानकारी दिनुभयो ।

मतपत्र एकै किसिमको मात्र रहेको, मतगणना आचारसंहिता र गणक तयारी अवस्थामा रहेकाले तुरुन्तै मतपेटिका शिलबन्दी गरी मुचुल्का बनाएर गणना शुरु गरिने समितिले जनाएको छ ।

सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच दोस्रो चरणको मतदान भएको हो ।

सोमबारको मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ र उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा. कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?