दार्चुलामा भीरबाट लडेर एक पुरुषको मृत्यु

दार्चुला । दार्चुलामा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–३ खालिडाँडाका अन्दाजी ४५ वर्षीय गजेन्द्रसिंह धामीको बुधबार भीरबाट लडेर मृत्यु भएको हो ।

धामीको खरफागला फडानी गर्ने क्रममा लडेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । । दिउँसो खरफागला फडानी गर्नका लागि गएका धामी बेलुका अबेरसम्म घर नफर्केपछि खोजी गर्दा उहाँको शव भेटिएको बताइएको छ ।

धामी करिब एक सय मिटर तल खोलामा मृत अवस्थामा भेटिएका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?