विद्युत प्राधिकरणका बिलिङ काउन्टर पुस ५ गतेसम्म बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरण सबै आय संकलन काउन्टरहरू आजदेखि पुस पाँच गतेसम्मका लागि बन्द भएका छन् ।

बिलिङ सिस्टम अद्यावधिक गर्नुपर्ने भएकाले सबै आय संकलन काउन्टरहरू बन्द गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

विद्युत प्राधिकरणका उपभोक्ताको २०७८ मंसिर महिनाको खपत अर्थात् पुस १ गतेदेखिको रिडिङमा लागू हुने गरी नयाँ विद्युत महसुल निर्धारण भएको र परिवर्तित महसुल दर नेपाल विद्युत प्राधिकरणको एम(पावर विलिङ सिस्टममा पुस महिनादेखि एकसाथ लागू हुने गरी अद्यावधिक गर्नुपर्ने भएकाले आय संकलन काउन्टरहरु बन्द गर्नु परेको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?