स्वर्गीय भागरथीको परिवारलाई एमाले प्रवास कमिटीद्वारा आर्थीक सहयोग

दार्चुला । बलात्कार पछि हत्या गरिएकी बैतडीको दोगाडाकेदार गाउँपालिका वडा नम्बर ३ कि किशोरी भागरथी भट्टका परिवारलाई दुई लाख आर्थिक सहयोग प्रदान गरिएको छ । नेकपा एमाले प्रवास कमिटी, नेपाली मञ्च–युकेले मृतक भट्टका परिवारलाई आर्थिक सहयोग गरेको हो ।

मृकत भट्टकी आमा द्रोपती भट्टलाई सनतातन धर्म माविमा औपचारिक कार्यक्रमकाबिच सहयोग हस्तान्त्रण गरिएको नेकपा एमाले दोगडाकेदार गाउँकमिटी अध्यक्ष काशिसिह बिष्टले जानकारी दिनुभयो । एमालेका दोगडाकेदार गाउँकमिटी अध्यक्ष कासी सिह बिष्टको अध्यक्षतामा आयोजित सहयोग हस्तान्त्रण कार्यक्रकमा एमाले जिल्ला कमिटी सचिवालय सदस्य दिनेश प्रशाद भट्टको प्रमुख आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती कार्की विशिष्ट आतिथ्यता रहेको थियो । किशोरी भट्टको गतबर्ष बलात्कार पछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।

सायद 1 व्यक्ति, उभिएको तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद एक वा थप मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?