अपिहिमालमा न्यायिक क्षमता विकास सम्बन्धि अभिमुखिकरण सम्पन्न

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय खण्डेश्वरी दार्चुलाको आयोजनामा अपिहिमाल गाउँपालिका न्यायिक समितिका पदाधिकारी, वडा अध्यक्ष र मेलमिलापकर्ताहरुका लागि १ दिने क्षमता बिकास सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

अपिहिमाल गाउँपालिकाका अध्यक्ष धर्मानन्द सिंह मन्यालको अध्यक्षता तथा जिल्ला अदालत दार्चुलाका न्यायाधीश कोमल प्रसाद आचार्यको प्रमुख आथित्यतामा एक औपचारिक कार्यक्रमका बिच अभिमुखिकरण सम्पन्न भएको हो । उक्त कार्यक्रममा जिल्ला अदालत दार्चुलाका श्रेस्तेदार कोशलेश्वर ज्ञवाली, सरकारी वकिल कार्यालय दार्चुलाका सरकारी वकिल लक्ष्मण खनाल लगायत जिल्ला अदालत दार्चुलाका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा न्यायिक समितिको भुमिका, कानुन कार्यान्वयनको वर्तमान अवस्था, प्रचलित ऐन, कानुन लगायत विभिन्न विषयमा छलफल गरिएको अपिहिमाल गाउँपालिकाका कर्मचारी पानसिह धामीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?