दार्चुला । बैतडीमा कोरोनाबाट एक वृद्धको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका १ का ८५ बर्षीय वृद्धको जिल्ला अस्पताल बैतडीमा उपचारका क्रममा शुक्रबार राती मृत्यु भएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो ।

बिहीबार मात्रै अस्पतालमा भर्ना भएका ती वृद्धमा कोरोना पुष्टि भएको थियो । यो संगै जिल्लामा अहिले सम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड परिपालनामा ध्यान दिन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?