सुदूरपश्चिमका पर्यटकीय स्थलको प्रवर्द्धन गर्न साइकल यात्रा २०७८ सुरु

दार्चुला । सुदूरपश्चिमका पर्यटकीय स्थलको प्रवर्द्धन गर्न ‘सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८’ सुरू भएको छ। सनिबार प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र फारवेस्टर्न राइडरको सहकार्यमा साइकल यात्रा शुरू गरिएको हो। साइकल यात्रा तीन दिनसम्म चल्ने आयोजकले जनाएको छ।

धनगढीदेखि गोदावरी, खानीडाँडा हुँदै डोटीको बुडरसम्म साइकल यात्रा हुने फारवेस्टर्न राइडर क्लबका अध्यक्ष भरतविक्रम शाहले जानकारी दिनुभयो । साइकल यात्रामा भारतबाट पनि राइडर सहभागी छन् ।

यात्राको अन्तिम बुडरमा साइकल दौड प्रतियोगिता गरिने उहाँले बताउनुभयो । डोटीको छतिवन तालदेखि महाकाली राजमार्गसम्म ५ किलोमिटर प्रतियोगिता आयोजना गरिनेछ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?