निमित्त प्रजिअ धामीद्वारा “हरेक दिन सेवाप्रवाहमा नवप्रवर्तन” अभियानको थालनी

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् निमित्त प्रमुख जिल्ला अधिकारी मोहन सिह धामीले २०७८ पुस १ गतेदेखि “हरेक दिन सेवाप्रवाहमा नवप्रवर्तन” अभियानको थालनी गर्नुभएको छ ।

सोहि अनुसार पुस १ र २ गते गरी पहिलो दुई दिनमा नै “हरेक दिन समिक्षा” बैठक, दैनिक सेवा प्रवाह गणना अर्थात कोरोनामैत्री सहायता डेस्क सञ्चालनमा ल्याइएको हो ।
“प्रशासनमा नविनता सेवाप्रवाहमा सहजता” भन्ने ध्येयका साथ जिल्ला प्रशासन कार्यालय दार्चुलाले हरेक दिन सेवा प्रवाहमा केहि न केही नयाँपन ल्याउने गरी सेवालाई जनमैत्री, पारदर्शी, सरल, सहज र प्रभावकारी तुल्याउने अभियान अघि बढाइएको निमित्त प्रजिअ धामीले बताउनुभयो ।

पुस १ बिहिवार देखि नै कार्यालयबाट प्रवाह गरिने हरेक सेवाको विवरण सहित सेवाको प्रकार र स्थानीय तह अनुसार छुट्टाछुट्टै सेवा गणना गरी सेवाको संख्यात्मक च्बलपष्लन गर्ने कार्यका साथै सोहि दिन कार्यालयको कामकाज पश्चात दिनभरी सम्पादन गरिएका कार्यहरुको समिक्षा, कर्मचारीबिच अनुभव तथा सिकाइको आदानप्रदान र चुनौती एवम् समस्याहरुको समाधानका लागि आवश्यक छलफल गरिएको थियो ।

यस्तै अभियानको दोस्रो दिन अर्थात् पुस २ गते शुक्रबार COVID Friendly Help Desk सञ्चालन गरी सेवाग्राहिहरुका बिच सामाजिक दुरी कायम गराउने, मास्क प्रयोग गर्न प्रेरित गर्ने तथा मास्क उपलब्ध गराउने र सेनिटाइजर प्रयोगको सुनिश्चितता सहित सेवाबारे सम्पूर्ण जानकारी सहितको नागरिक वडापत्र पुस्तिका सेवाग्राहिले सहजै हेर्न पाउने प्रबन्ध मिलाइएको छ ।

निमित्त प्रजिअ धामीले जिल्ला प्रशासन कार्यालय दार्चुलाद्वारा थालनी गरिएका र भविष्यमा सुरुवात गरिने यस्ता खालका हरेक नवप्रवर्तनकारी एवम् सिर्जनात्मक असल अभ्यासहरुको अनुशरण तथा निरन्तरताबाट जिल्लाभित्रका मात्रै नभई देशैभरीका सबै संघीय, प्रादेशिक तथा स्थानीय तह, कार्यालय तथा अन्य निकायहरुका लागि समेत उपयोगी सिद्ध हुने र यसबाट सेवा प्रवाहमा सरलता, सहजताका, पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन भई राज्य र नागरिक बिचको सुदृढ सम्बन्ध मार्फत समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल हुन सम्भव रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?