सुदूरपश्चिममा आइतबार  ५ जना कोरोना संक्रमित थपिए, थप एकको मृत्यु

दार्चुला । सुदूरपश्चिममा आइतबार थप ५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५८० नमुना परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार एन्टिजेन विधिबाट ५६६ नमुना परिक्षण गर्दा पाँच जनामा संक्रमण देखिएको हो । यस्तै सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका १ का ८५ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको निर्देशनालयले जनाएको छ । योसँगै सुदूरपश्चिममा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६१३ पुगेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?