मालिकार्जुनकी कबिता नवलपरासीमा अचेत अवस्थामा फेला

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका घर बताउने एक बालिका नवलपरासीमा अचेत अवस्थामा फेला परेकी छन् । पुष ६ गते १ बजेको समयमा नवलपरासी बर्दघाट नगरपालिका वडा नम्बर ४ फलफुलचोकमा मालिकार्जुनकी कबिता धामी अचेत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बर्दघाटमा स्थानीय मानिसहरुले बालिका सडक खण्डमा अचेत अबस्थामा रहेको छ भन्ने जानकारी गराए पश्चात कबितालाई चिसापानी अस्पतालमा लगेर उपचार गराएपछि होसमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

ति बालिका होसमा आए पश्चात सोधपुछ गर्दा दार्चुलाको मालिकार्जुन गाउँपालिका घर भएको बताएको प्रहरीको भनाई छ । बुवाको नाम दिपक धामी र आमाको नाम पार्वती धामी बताउने ति बालिका अन्दाजी १५ बर्षीया छिन् । अहिले बालिकाको चिसापानी अस्पताल बर्दघाटमा उपचार भैरहेको हुँदा उनलाई चिन्ने मानिस तथा आफन्तले प्रहरी कार्यालयको सम्पर्क नम्बर ०७८ ५८०१८० र ९८५७०८१४५९ मा सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ । ति बालिकाले वडा नम्बर बताउन नसकेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?