२०७९ वैशाख २० गतेभित्रै स्थानीय तह र फागुनभित्र प्रदेश र प्रतिनिधिसभा निर्वाचन

दार्चुला । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७९ साल वैशाख २० गतेभित्र ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताउनुभएको छ । स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र जनप्रतिनिधिको अवधि थप गर्ने व्यवस्था नभएका कारण वैशाखभित्र निर्वाचन गर्न आयोग गम्भीर रहेको उहाँको भनाइ छ ।

काभ्रेको धुलिखेलमा जिल्ला निर्वाचन कार्यालयले गरेको कार्यक्रममा प्रमुख आयुक्त थपलियाले छिट्टै नै स्थानीय तहको निर्वाचनको मिति तय गर्नका निम्ति सरकारसमक्ष सिफारिस गर्ने पनि बताउनुभयो । त्यसपछि २०७९ फागुनभित्र प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रपति, उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न गरेर नयाँ जनप्रतिनिधि तथा नयाँ नेतृत्व सुम्पने कार्यमा आयोग प्रवेश गरिसकेको प्रमुख आयुक्त थपलियाले बताउनुभयो ।

उहाँले आउने निर्वाचन लैङ्गिक एवं समावेशी दृष्टिकोणले उपयुक्त हुने बताउनुभएको छ । दलहरु निर्वाचन गर्ने समय नजिकिदै गर्दा राजनीतिक गतिविधिहरुमा सक्रिय छन् । फागुनदेखि बैशाखभित्र सरकारको सिफारिसमा स्थानीय तहको निर्वाचन गराउनुपर्ने निर्वाचन आयोगको संबैधानिक जिम्मेवारी छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?