एमाले दार्चुलाको १० गते बृहत कार्यकर्ता भेला, ११ गते अधिवेसन आयोजक कमिटी बैठक

दार्चुला । नेकपा कम्युनिष्ट पार्टी (एमाले) दार्चुला जिल्ला अधिवेसनको तयारीमा जुटेको छ । अगामी निर्वाचन र जिल्ला अधिवेसनलाई लक्षित गरेर भेला, बैठक र भेटघाट जस्ता कार्यक्रमलाई तिब्रता दिने योजनाका साथ एमाले अगाडी बढिरहेको नेताहरुले बताएका छन् । पालिका कमिटी र जिल्ला कमिटीहरु राजनीतिक गतिविधिमा सक्रिय भएको एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले बताउनुभयो ।

पुस १० गते नौगाड गाउँपालिकाको केन्द्र होपरीगाडमा नेकपा एमालेको बृहत कार्यकर्ता भेला आयोजना हुने उहाँले बताउनुभयो । भेलालाई पूर्वमन्त्री, नेकपा एमाले सुदूरपश्चिम प्रदेश सहइन्चार्ज, पोलिटब्युरो सदस्य तथा दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक नौगाड गाउँकमिटीले जनाएको छ ।

बृहत कार्यक्रता भेलापछि पुस ११ गते दार्चुला सदरमुकाम खलंगामा एमाले दार्चुलाको नबौँ जिल्ला अधिवेसन आयोजक कमिटीको बैठक बस्ने भएको छ । विहान १० बजे खलंगास्थित दार्चुला विकास संगठनको हलमा बैठकको आयोजना गरिएको नेकपा एमाले दार्चुलाका अध्यक्ष रामदत्त जोशीले बताउनुभयो । उक्त बैठकमा जिल्ला अधिवेसन आयोजक कमिटीका सबै सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको उहाँले बताउनुभयो ।

यसअघि एमालेले दार्चुलाका सबै वडा र पालिकाको अधिवेसन सम्पन्न गरिसकेको छ । नेकपा एमालेको केन्द्रीय कमिटीले पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ। जिल्ला अधिवेसनको विषयमा छलफल र तयारी गर्नका लागि अधिवेसन आयोजक कमिटीको बैठक आयोजना गरिएको अध्यक्ष जोशीले बताउनुभयो । उक्त बैठकमा पूर्वमन्त्री, एमाले पोलिटब्युरो सदस्य एबं सासंद गणेशसिंह ठगुन्ना लगायत नेताहरुको उपस्थिति रहने बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?