संसद अवरोधले संघीयतानै अवरुद्ध हुने अवस्था आयोः मन्त्री दिलेन्द्र बडू

दार्चुला । कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले संसद अवरोधले संघीयतालाई बलियो बनाउने काममा अवरोध आएको बताउनुभएको छ । बिहीबार (आज) संसदको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा उहाँले एमालेले गरेको संसद अवरोधका कारण संघीयतासँग सम्बन्धित विधेयकहरु पास हुन नसकेको बताउनुभयो ।

संघीय निजामती ऐन पारित हुन नसक्दा प्रदेशले प्रदेश निजामती सेवासम्बन्धी कानुन बनाउन नसकेको भन्दै मन्त्री बडूले यसले संघीयता बलियो बनाउने काममा अवरोध आएको बताउनुभयो । ‘संघीय निजामती ऐन पास नहुँदा प्रदेशमा सेवा सञ्चालनमा नै कठिनाइ भएको छ’ उहाँले भन्नुभयो । त्यस्तै नागरिकता विधेयक पनि अघि बढाउन कुनै समस्या नभएको तर संसद अवरोधका कारण कठिनाइ भएको उहाँको भनाइ छ । ‘संसद सञ्चालनको बाटोमा गयौं भने संघीयता र नागरिकतासँग जोडिएका विधेयकहरु पारित गर्न सकिन्छ’ मन्त्री बडूले भन्नुभयो ।

मन्त्री बडूले समिति बैठकमा संसद खोल्न एमालेलाई आग्रह गर्न प्रस्तावसमेत गर्नुभयो । ‘बरु सर्वसम्मत रुपमा संसद खोल्न भनौ न’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?