दार्चुला । दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । नौगाड गाउँपालिका वडा नम्बर २ दल्लेख बस्ने ६६ वर्षीया धाना देवी ठगुन्नाको घर नजिकैको भेराकाठोस्थित भिरबाट लडेर बिहीबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाँस काटेर घरतर्फ फर्किनेक्रममा भिरबाट लडेर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाँस काट्ने फागालाहरु र हिड्ने बाटाहरु अप्ठेरो हुँदा दार्चुलामा भिरबाट लडेर बर्षेनी मानिसहरुले उल्पायुमै ज्यान गुमाउने गरेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया