दार्चुला । दार्चुलामा एक बर्षको अवधि अर्थात सन २०२१ जनवरी देखि डिसेम्बरसम्म बलात्कार यौन दुव्र्यवहारका ९ वटा, बहुविवाहका ४ वटा, बालविवाहका ४ वटा, कर्तव्य ज्यानका ३ र घरेलु हिंसाका ३९ वटा घट्ना घटेका छन् । इन्सेकको तथ्यांक अनुसार दार्चुलामा सन २०२१ को हालसम्म उक्त संख्यामा घटनाहरु भएका हुन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दार्चुलाको आयोजनामा भएको मानव अधिकार वर्ष पुस्तक सन् २०२२ को पूर्व बार्षिक समीक्षा एवं अन्तरक्रिया कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिह कार्कीले उल्लेखित घटनाहरु अभिलेखीकरण गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष शङ्करसिह धामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सिद्वराज जोशीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि एबं दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्वराज जोशीले मानव अधिकारको संरक्षणको लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सहभागिहरुले इन्सेकको अभिलेखमा छुट भएका संबेदनसिल घटनाहरुबारे जानकारी गराउदै बर्ष पुस्तकमा समावेस गर्न सुझाब दिएका छन् ।

तस्बिरः इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्र कार्कीको फेसबुकबाट
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया