दार्चुला । नेकपा कम्युनिष्ट पार्टी (एमाले) दार्चुलाले पुस १० गते आज नौगाड गाउँपालिकाको केन्द्र होपरीगाडमा बृहत कार्यकर्ता भेला आयोजना गरेको छ । भेलालाई पूर्वमन्त्री, नेकपा एमाले सुदूरपश्चिम प्रदेश सह-इन्चार्ज, पोलिटब्युरो सदस्य तथा दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक नेकपा एमाले नौगाड गाउँकमिटीले जनाएको छ ।
कार्यक्रम सुरु गर्ने तयारी भइरहेको नौगाडबाट लोकदर्पण समाचारदाता सन्तोष ठगुन्नाले जानकारी दिनुभयो । कार्यक्रममा सहभागि हुन दार्चुलाका सबै स्थानीय तहबाट नेता, कार्यक्रता नौगाड गाउँपालिकामा पुगेका छन् । कार्यक्रम सम्पन्न गरेर नेताहरु आजै बेलुकी दार्चुला सदरमुकाम खलंगा फर्किने तयारी छ ।
बृहत कार्यक्रता भेलापछि भोली पुस ११ गते दार्चुला सदरमुकाम खलंगामा एमाले दार्चुलाको नबौँ जिल्ला अधिवेसन आयोजक कमिटीको बैठक बस्ने भएको छ । विहान १० बजे खलंगास्थित दार्चुला विकास संगठनको हलमा बैठकको आयोजना गरिएको नेकपा एमाले दार्चुलाका अध्यक्ष रामदत्त जोशीले बताउनुभयो । उक्त बैठकमा जिल्ला अधिवेसन आयोजक कमिटीका सबै सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको उहाँले बताउनुभयो ।
यसअघि एमालेले दार्चुलाका सबै वडा र पालिकाको अधिवेसन सम्पन्न गरिसकेको छ । नेकपा एमालेको केन्द्रीय कमिटीले पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ। जिल्ला अधिवेसनको विषयमा छलफल र तयारी गर्नका लागि अधिवेसन आयोजक कमिटीको बैठक आयोजना गरिएको अध्यक्ष जोशीले बताउनुभयो । उक्त बैठकमा पूर्वमन्त्री, एमाले पोलिटब्युरो सदस्य एबं सासंद गणेशसिंह ठगुन्ना लगायत नेताहरुको उपस्थिति रहने बताइएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया