नौगाडमा कांग्रेशबाट निर्वाचित वडाअध्यक्षसहित १५३ जना एमाले प्रवेस, ठगुन्नाद्धारा स्वागत

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा नेपाली कांग्रेश, माओबादी केन्द्र र राप्रपाबाट १५३ जना नेकपा एमालेमा प्रवेस गरेको दाबी गरिएको छ । नौगाड गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित वडाअध्यक्ष बहादुर सिँह बोहराको नेतृत्वमा १५३ जना एमालेमा प्रवेस गरेको नौगाड गाउँपालिका अध्यक्ष एबं नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य प्रेमसिंह धामीले जानकारी दिनुभयो । नेकपा कम्युनिष्ट पार्टी (एमाले) दार्चुलाले आज नौगाड गाउँपालिकाको केन्द्र होपरीगाडमा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा वडाअध्यक्षसहित कार्यकर्ताहरु एमालेमा प्रवेस गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार नेपाली कांग्रेशबाट ११२, नेकपा माओबादी केन्द्रबाट ३८ र राप्रपाबाट ३ जना गरी १५३ जनाले एमालेमा प्रवेस गरेका छन् । वडाअध्यक्ष बोहरा लगायत विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेस गरेका कार्यकर्ताहरुलाई पूर्वमन्त्री, नेकपा एमाले सुदूरपश्चिम प्रदेश सह–इन्चार्ज, पोलिटब्युरो सदस्य तथा दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले स्वागत गरेको नौगाडबाट लोकदर्पण सहकर्मी नरेन्द्रप्रसाद जोशीले बताउनुभयो । बृहत अन्तरक्रिया कार्यक्रममा नेता ठगुन्नासहित नेकपा एमाले दार्चुलाका अध्यक्ष रामदत्त जोशी, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु, स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

 

नौगाडमा भब्यताका साथ कार्यक्रम आयोजना भएको एमाले दार्चुलाका अध्यक्ष रामदत्त जोशीले बताउनुभयो । नौगाडमा आज उपस्थित एमाले समर्थक जनताको भिडले नौगाडमा एमालेको दुईतिहाइ बहुमत रहेको स्पष्ट हुने उहाँको भनाई छ । उक्त भेलामा गठबन्धन सरकारको आलोचना गर्दै एमालेको पक्षमा नेताहरुले वकालत गरेका छन् ।

सामुहिक विकास, आम जनताको उत्थान र सामानुपातिक विकास, समृद्ध नेपाल, सुखी नेपालीको अभियान सकार पार्न एमालेको पक्षमा लाग्न नेता ठगुन्नाले सम्बोधनका क्रममा अनुरोध गर्नुभयो । नवप्रवेशी सबैलाई स्वागत गर्दै उहाँले समाज र देश निर्माणका साथै राष्टियताको अभियानमा सामेल हुनुभएकोमा बधाइ ज्ञापन गर्नुभयो । बृहत कार्यकर्ता भेला सम्पन्न भएपछि नेताहरु दार्चुला सदरमुकाम खलंगा फर्किएका छन् ।

हेर्नुहोस नौगाडमा एमाले प्रवेस गरेका कार्यकर्ताहरुको सूची

बहादुर सिह बोहरा (नौगाड-३ का वडाअध्यक्ष)
दान सिह बोहरा
दिपक बोहरा
ललित बोहरा
वीर बोहरा
राम सिह बोहरा
महावीर ठ्गुन्ना
पदम बोहरा
महाबिर ठगुन्ना
उज्वल ठगुन्ना
राम ठगुन्ना
देव ठगुन्ना
धन ठगुन्ना
रामे टमटा (साविक खार गाविस वडा अध्यक्ष)
मान सिह बोहरा
रामजित ठगुन्ना
रगबिर टमटा
हरिराम सिह बोहरा
दान सिह धामी
ऐते ठगुन्ना
हरिना देवी बोहरा
रतना बोहरा
दामा बोहरा।
माता बोहरा
कासी सिह ठगुन्ना
बहादुर सिह ठगुन्ना
झुसे टमटा
दल वीर सिह बोहरा
धने ठगुन्ना
राम सिह ठगुन्ना
बीर सिह बोहरा
दल्जित टमटा
दल वीर सिह ठगुन्ना
नारायण सिह ठगुन्न्ना
राम सिह बडाल
कमल सिह ठगुन्ना
मान सिह ठगुन्ना
राइमती देवी ठगुन्ना
मान वीर सिह ठगुन्ना
दुरा देवी ठगुन्ना
गगन सिह ठगुन्ना
रमेश सिह धामी
अजुवा सिह ठगुन्ना
जयमती धामी
अकबर सिह ठगुन्ना
गौरे ठगुन्ना (राप्रपा जिल्ला कमिटी सदस्य महाधिवेशन प्रतिनिधि)
बिशन राम टमटा
रमेश सिह धामी
कले धामी
दिल बहादुर धामी
गौर सिह धामी
लोकेन्द्र सिह धामी
भगवान धामी
कृष्ण पार्की (नेकपा माओवादी परित्याग)
उदय सिह महता
गम्बीर सिह ठेकरे
गगन सिह ठेकरे
नर सिह ठेकरे
जगत सिह ठेकरे
मान सिह ठगुन्ना
गगन सिह महता
धन बहादुर बम
मान सिह ठगुन्ना
।जानकी ठगुन्ना
।लाली ठगुन्ना
परुली ठगुन्ना
जोगेनी चुनारा
देव सिह ठगुन्ना
नर सिह बडाल
बिरेन्द्र सिह ठगुन्ना
ललुवा टमटा
रामा धामी
करन टमटा
मनबिरे टमटा
ललित टमटा
ईश्वर टमटा
सुरेन्द्र सिह धामी
धौली बडाल
भागा ठगुन्ना
मान सिह बडाल
राजमती बडाल
राजमती बडाल
परुवा धामी
शिवलाल बिक
मान बहादुर ठगुन्ना
प्रताप सिह धामी
गजेन्द्र ठगुन्ना
सुरेन्द्र सिह धामी
लालिराम लुहार
नरेन्द्र लुहार
गौर सिह ठगुन्ना
महामती बोहरा
पार्वती धामी
जैमती महरा
जित राम टमटा
सन्तोष सिह ठगुन्ना
नरेश तोलिगाई
मने धामी
सुरेन्द्र सिह धामी
दान सिह ठगुन्ना
मने ठगुन्ना
वीर बहादुर बोहरा
बिर्मा ठगुन्ना
मनुवा बडाल
बिस्ना ठगुन्ना
कालू टमटा
राम सिह बोहरा
हरि मन्याल
शेर सिह धामी
माना बडाल
नन्दा धामी
हामा धामी
पान सिह धामी

No description available.

यसैबिच भोली पुस ११ गते दार्चुला सदरमुकाम खलंगामा एमाले दार्चुलाको नबौँ जिल्ला अधिवेसन आयोजक कमिटीको बैठक बस्ने भएको छ । विहान १० बजे खलंगास्थित दार्चुला विकास संगठनको हलमा बैठकको आयोजना गरिएको नेकपा एमाले दार्चुलाका अध्यक्ष रामदत्त जोशीले बताउनुभयो ।

यसअघि एमालेले दार्चुलाका सबै वडा र पालिकाको अधिवेसन सम्पन्न गरिसकेको छ । नेकपा एमालेको केन्द्रीय कमिटीले पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ ।

No description available.

No description available.

No description available.

No description available.

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

https://www.facebook.com/RadioLokdarpan1/videos/217366267231074

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?