नौगाडमा किशनसिह ठगुन्नाको अध्यक्षतामा कमिटी चयन गर्दै नेकपा एसको भेला सम्पन्न

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा नेकपा एकिकृत सामाजवादीको प्रथम गाउँ भेला सम्पन्न भएको छ । नेकपा एसका जिल्ला कमिटी जेष्ठ सदस्य प्रतापसिह ठगुन्ना अध्यक्षतामा आयोजित भेलामा जिल्ला कमिटी अध्यक्ष बिरबहादुर ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो ।

चन्द्रवती ठगुन्नाले सञ्चालन गरेको उक्त भेला गाउँ कमिटी चयन गर्दै सम्पन्न भएको छ । किशनसिह ठगुन्नाको अध्यक्षतामा गठित गाउँकमिटीमा चन्द्रावती ठगुन्ना र राजेन्द्रसिह धामी उपाध्यक्ष चयन हुनुभएको छ । रमौती ठगुन्ना सचिव र नरेन्द्रसिह ठगुन्ना, जानकी देबी ठगुन्ना र सन्तोषसिह ठगुन्ना सहसचिव रहनेगरी २३ सदस्यिय गाउँ कमिटी चयन गरिएको उपाध्यक्ष ठगुन्नाले बताउनुभयो ।

नौगाड गाउँपालिका वडा नम्बर ३ जामिरमा कार्यक्रम सम्पन्न भएको हो ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?