दार्चुला । महाकाली नगरपालिका वडा नम्बर ४ बांगाबगर स्थित जिल्ला समन्वय समिति कार्यालय नजिक घर नम्बर १८१ मा बस्ने २३ बर्षीया पूजा बम महराको संकास्पद मृत्यु भएको छ । शनिबार (आज) दिउँसो तीन बजेतिर श्रीमान दिनेश महराले कुटेर मृत्यु भएको श्रोतको आरोप छ । मृतकको शरीरमा निल डाम भएको तस्विरमा देखिन्छ ।
पारिवारिक झगडाकै कारण मारेर झुण्डाईएको माइती पक्षको आशंका छ । हत्या गरिएको हो कि आफै आत्महत्या गरेको हो स्पष्ट खुलेको छैन् । घटनास्थल पुगेको प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ । दिनेश महरा र पूजा बम महरा दुवैको दोस्रो बिहे भएको जानकारी प्राप्त भएको छ ।
पूजा बमको अघिल्लो बिहेको एक छोरी रहेको बताइएको छ भने दिनेश महराको पुरानो बिहेबाट एक छोरा र श्रीमती साथमै रहेको स्रोतले बताएको छ । पूजा बमको मृत्युमा दिनेश महरा र जेठी श्रीमती दुवैको हात रहेकोले घटनाबारे सत्यतथ्य छानबिन नहुदासम्म शव उठाउन नदिने मृतक पुजाको माइती पक्षले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया