एक हप्ता बद्ली हुनेः वर्षा र हिमपातको सम्भावना

दार्चुला । पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । यस्तै, हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ । मौसमविद् सजिना शाक्यकाअनुसार आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ । अपिहिमाल गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।

आज राति पश्चिमी क्षेत्रमा पानी पर्ने उहाँले बताउनुभयो । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा राति पानी पर्ने उहाँले बताउनुभयो । यस्तै, भोलि पनि देशभरको मौसम यस्तै रहने छ । आज काठमाण्डौमा फाट्टफुट्ट मात्रै पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो।

मौसम बद्ली भइ हिमपात र वर्षाको सम्भावना रहेकाले यो हप्तामा चिसो अझ बढ्ने छ । पश्चिमी वायुको प्रभावका कारण यो हप्ताभरिकै मौसम आंशिकदेखि पूर्ण बद्ली हुने सम्भावना छ । यसैबीच, अहिले देशका धेरै ठाउँमा हुस्सु, कुहिरो लागेको छ।

गएराति बादल लागेकाले आज काठमाण्डौको न्यूनतम तापक्रम भने बढेको छ । बिहानको काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस रहेको मौसमविद् शाक्यले बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?