डिलाशैनीको एक पशलमा आगजनी, नगद, जिन्सी सामान नष्ट

दार्चुला । बैतडीको डिलासैनीमा एक पसलमा आगजनी गरिएको छ । स्थानीय गंगा धामीले डिलासैनी गाउँपालिका वडा नम्बर ७ मा सञ्चालन गर्दै आएको पसलमा आगजनी गरिएको हो ।

शनिबार विहान करिब पौने ६ बजेतिर पसलमा आगजनी भएको हो । अहिलेसम्म कसले किन आगजनी गरेको हो भन्ने केही खुलेको छैन् । पसल सञ्चालक गंगा धामीले विहान ५ बजे ३८ मिनेटसम्म आफू पसलमै रहेको भएपनि त्यसको केही मिनेटपछि नै आगजनी गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो— शुक्रबार रातिदेखि शानिबार विहान ५ बजेर ३८ मिनेटसम्म म पसलमा नै थिए । पछि म घर गएको मौका छोपेर आगजनी गरिएको रहेछ । विहानै पसलमा आगो लागेको देखेपनि स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

अहिलेसम्म कसले आगजनी गरेको हो भन्ने खुलेको छैन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएपनि कसले किन आगो लगायो भन्ने खुलेको छैन् ।

आगजनीबाट पसल पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । पसलमा रहेको दुईवटा काठका बेड, कपडाहरु जलेर नष्ट भएका छन् ।

यस्तै, पसलका सम्पूर्ण सामान, उधारो खाता कपिपनि जलेको सञ्चालक धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो— एउटा कोठा पूर्ण रुपमा र अर्को कोठामा आंशिक क्षति भएको छ । तर त्यहाँ भएका सम्पूर्ण सामान जलेका छन् । उधारो खाता भएको कपि, पसलमा भएको सामान, कपडाहरु सबै जलेर नष्ट भएका छन् ।

उहाँले पसलमा आगजनी गर्ने व्यक्ति वा समूहको खोजी गरि क्षतिपूर्ति भराईदिन प्रहरी समक्ष आग्रह गर्नुभएको छ ।

आगलागीबाट नगद र जिन्सी सामान गरि करिब ५ लाख बराबरको क्षति भएको पसल सञ्चालक धामीले बताउनुभयो । घटनाबारे थप बुझ्नका लागि त्यहाको स्थानीय प्रहरी चौकीमा सम्पर्क हुन सकेको छैन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?