दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा आइतबार विहान घरबाट विद्यालय गएकी बालिका बेपत्ता भएकी छन् । लटिनाथ माबि रस्कोटमा कक्षा ५ मा अद्ययनरत मार्मा गाउँपालिका वडा नम्बर ३ रिल बस्ने १५ वर्षीया ईश्वरी धामी सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
बालिका धामीको खोजि कार्य भइरहेको छ । सम्भावित ठाउँमा खोजि गर्दा नभेटेपछि खोजीको लागि उनका बुवा कृष्णसिंह धामीले प्रहरी कार्यालयमा समेत निवेदन दिनुभएको छ। बालिका सम्पर्कविहिन भएपछि परिवार र विद्यालय तनावमा रहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया