दार्चुला । पश्चिमी न्यूनचापीय प्रणालीका कारण पश्चिमी क्षेत्रमा पानी पर्न थालेको छ । दार्चुलाको हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ भने चिसो अत्यधिक बढेको छ । चिसोका कारण अर्धबार्षि परीक्षाहरु समेत प्रभावित भइरहेका छन् । दैनीकी कष्टकर बनेको छ ।
पश्चिमका केही ठाउँमा मङ्गलवार बिहानैदेखि पानी पर्न थालेको र अन्य ठाउँको मौसम भने बद्ली रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँकाअनुसार आज र भोलि दुई दिन देशभर मौसम बद्ली हुनेछ। धेरै ठाउँमा पानी पर्ने सम्भावना छ भने हिमाली जिल्लामा भारी हिमपातको पनि अनुमान छ ।
पर्सि बिहीवारदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् । उनीहरुकाअनुससार पर्सि बिहानदेखि पश्चिमी न्यूनचापीय प्रणाली कमजोर हुँदै जानेछ । सुदूरपश्चिम प्रदेशमा पर्सि बिहानदेखि नै मौसम खुल्ने सम्भावना रहेको र अरु ठाउँमा बिस्तारै क्रमिक रुपमा खुल्दै जाने मौसमविद्ले बताएका छन् ।
बादल लागेसँगै देशभर चिसो बढेको छ । यो वर्षापछि चिसो झन् बढ्ने छ । मौसमविद्ले हिमाली जिल्लामा भारी हिमपातको सम्भावना रहेकाले पर्वतारोहणमा जाँदा सावधानी अपनाउन सुझाव दिएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया