दार्चुला । नेकपा (माओवादी केन्द्र) को बन्दसत्रमा आज समूह नेताहरुले अध्यक्षको राजनीतिक प्रतिवेदनमानि राय सुझाव दिनेछन् । हिजो विभिन्न २५ समूहमा विभाजन गरेर पार्टी अध्यक्षको दस्तावेजमाथि बहस गरिएको थियो ।
सोही बहसकोक्रममा उठेका विषयहरु आज समुह नेताहरुले बन्दसत्रमा राख्नेछन् । यसका लागि हरेक समुहलाई १५ मिनेटको समय दिइनेछ । आजको बन्दसत्र दिउसो १ बजे सुरु हुनेछ । त्यसअघि छलफल बाँकी रहेका समुहहरुले आ आफ्नो समुहमा छलफल टुंग्याउनेछन् ।
हिजो छलफलकोक्रममा अधिकांश महाधिवेनश प्रतिनिधिहरुले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन अस्पष्ट भएको गुनासो गरेका छन् । ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको प्रचण्डको राजनीतिक दस्तावेजले समाजवादलाई लक्ष्य तोकेपनि त्यहाँसम्म पुग्ने बाटो र अवधिबारे भने केही खुलाएको छैन ।
साथै दक्षिणी छिमेकी भारतलाई हेर्ने दृष्टिकोणमा पार्टी अध्यक्षले नियोजित ढंगले मौनता देखाउनु शंकास्पद भएको प्रतिनिधिहरुको राय छ ।
यसैबिच, माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रस्तावमाथि नेता राम कार्कीले पूरक प्रस्ताव पेश गर्नुभएको छ । ‘केही पूरक, केही नवीन धारणा’ नाम दिइएको प्रस्तावमा कार्कीले संघीयता र समावेशिताको नाममा भइरहेको अभ्यासमाथि प्रश्न उठाउँदै अवस्था आफूहरुले सोचेअनुरुप अगाडि बढ्न नसकेको टिप्पणी गर्नुभएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया